काठमाण्डौ  ।  मकवानपुरमा सडेगलेको अवस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार बिहान बकैया गाउँपालिका वडा नं.२ सरस्वती सामुदायिक बनको वतासेडाँडास्थित जंगलको भिरबाट करिब ३०० मिटर तल अन्दाजी ६०/६५ बर्षीय एक पुरुष मृत अवस्थामा फेला परेको हो ।

मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार ती पुरुषको सनाखत भएको छैन । शव भेटिएको बारे स्थानीले प्रहरीलाई खबर गरेका थिए। सूचना पछि प्रहरीले घटनास्थल पुग्दा दुर्गन्धित अवस्थामा फेला परेको प्रवक्ता भण्डारीले बताए । 

OM Sai Pathibhara Hospital

उनका अनुसार घटनास्थलको प्रारम्भिक अनुसन्धान गरी शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याएको छ । प्रहरीले कोही कसैको आफन्त नातेदार हराएका छन् भने सम्पर्क गर्नका लागि अनुरोध गरेको छ। घटनाबारे प्रहरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।