चितवन  ।   चितवनको भरतपुर महानगरपालिका २ स्थित आँपटारीमा बिजुलीको तार चार्ने क्रममा करेन्ट लागेर दुई जना गम्भीर घाइते भएका छन् । 

आँपटारीका प्रकाश नेपाली र सुनिल खनाल गम्भिर घाइते भएका हुन् । उनीहरुको अनुहार जलेको छ । उनीहरुलाई उपचारको लागि गएराति १ बजे सिमएसी पुर्याइएको थियो ।घाइतेहरुको चितवन मेडिकल कलेज (सिएमसी)को आइसियूमा उपचार भइरहेको छ ।

OM Sai Pathibhara Hospital

करेन्ट प्रवाह भइरहेको तार चाेर्ने नियतले तार काट्न खोज्दा दुई जना गम्भीर घाइते भएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले बताएका छन।