------- प्रेस विज्ञप्ती -----------.

संस्कृति मन्त्रालय जस्तो गरिमामय जिम्वेवारी पदिय दायित्वमा बसेर नेपालको  सनातन धर्म  संस्कृती माथि गैर -जिम्मेवार  टिका -टिप्पणी गर्ने र धम्की दिने " संस्कृति मन्त्री " सुदन किरातीलाई तत्काल बर्खास्त नेपाल भू -भाग संरक्षण मंच   यसै बिज्ञप्ति मार्फ़त जोड़दार माग गर्दछ l  गैर जिम्वेवार ढङ्गको अभिब्यक्ति रहेको हुदा , हदैसम्मको कार्वाही समेत गर्न माग पनि मंच गर्दछ । नेपालको संस्कृति मन्त्रालयमा रहेर नेपालकै मौलिक  परम्परा धर्म संस्कृती, धार्मिक सम्प्रदायको धज्जी उडाउन खोज्ने मन्त्री सुदन  किराती वास्तविक देशद्रोही उनी स्वयम् हुन ।

OM Sai Pathibhara Hospital

सदियौंदेखि  विभिन्न जातजाती समुदाय भाषा भाषी र विभिन्न धर्म सम्प्रदाय एक आपसमा मिलेर बसेको समाजलाई भड्काउने , नेपाली नेपाली बीच लडाउने  सामाजिक सद्भाव बिथोल्ने प्रबृतिका अभिव्यक्ती दिने जोसुकैलाई संस्कृती मन्त्रीको पदमा बसिरहन उपयुक्त हुदैन ।नैतिकताले पनि सुहाउदैन l   नेपालको  २०७२ को संविधानमा षड्यन्त्रपूर्वक लादिएको " धर्म निरपेक्षता " जस्तो वैचारिक जालले सुदन किराती जस्ता विधर्मीका मतियारहरू सल्बलाएको हुँदा संविधानबाटै धर्म निरपेक्षता भन्ने वाक्यांश हटाएर नेपाललाई सनातन धर्म सापेक्ष राज्य बनाउन सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरुमा आह्वान गर्न चाहन्छौ ।'साथै,  सबै धार्मिक संघ सगठन , मन्च का प्रदेश, जिल्ला समिति , नगरसमिति  गाउँपालिका समितिले सबैसंग  समन्वय गरेर  मन्त्री किरातीलाई बर्खास्त र कार्वाही  गराउन दवाब दिने उद्देश्यले देशभरीका  हिन्दु वौद्ध किरात जैन , शिख वोन एवम प्रकृति पुजक अन्य धर्मालम्वीहरु संग समन्वन्यात्मक भूमिका सहित धार्मिक सहिष्णुता कायम गरि  परिचालन गर्न गराउन हुन समेत   अनुरोध गरिन्छ l

देवेन्द्र किशोर ढुङगाना

अध्यक्ष :नेपाल भू भाग संरक्षण मंच, केन्द्रीय समिति