काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पू्र्वानुमान महाशाखाले जनाएकाे छ । आज देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेकाे छ ।

बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेकाे तथा देशको तराईको थोरै स्थानमा हुस्सुरकुहिरो लागेको महाशाखाले जनाएकाे छ ।

OM Sai Pathibhara Hospital

दिउसो महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहने तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रही कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे छ ।

राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।