काठमाण्डौ  ।    बाँकेमा बोलेरो पिकअपले ठक्कर दिँदा इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी जवान ३२ वर्षीय विशाल ओलीको घटनास्थलमानै मृत्यु भएको छ ।

कोहलपुर–४ मदनचोक सडक छेउमा ड्युटीमा खटिएका प्रहरी जवान ओली र प्रहरी सहायक हवल्दार लालबहादुर बुढाक्षत्रीलाई भे१च ३४०७ नम्बरको जीपले ठक्कर दिएको थियो ।

OM Sai Pathibhara Hospital

ठक्करबाट प्रहरी सहायक हवल्दार बुढा घाइते छन् । उनको अवस्था गम्भीर रहेको र अहिले कोहलपुर शिक्षण अस्पतालको आइसियूमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

जीपले बिहिबार राति करिब ११ बजे ठक्कर दिएको थियो । जीप चालक २० वर्षीय अर्जुन बस्नेतलाई प्रहरीले नियन्त्रण लिएको छ ।

मृतक विशाल ओलीको घर रुकुमपश्चिम हो भने घाइते लालबहादुर बुढा क्षेत्रीको घर बर्दियाको बासगढी हो ।