काठमाण्डौ  । धनुषाको सबैलाबाट बुधबार देखि  हराइरहेकी बालिका मृत अवस्थामा पोखरिमा भेटिएको छ।

OM Sai Pathibhara Hospital

धनुषा जिल्ला सबैला न.पा.वडा न. ०९ सतोखर बस्ने राकेश यादवको छोरी ५ वर्षकि राखि यादव मटकोर पुजा गर्न घरबाट जादा रथमा रहेकी  राखि  रथबाट अचानक हराई बेपता भएकि बालिका ई.प्र.का. सबैलाबाट खटिएको टोलि र आफन्तहरूले खोज तलासको क्रममा धनुषा  जिल्ला सबैला न.पा.वडा न. ०९ सतोखर स्थित पोखरीमा डुबेको अबस्थामा मृत फेला परेको छ।बालिकाले लगाएका लुगा पोखरी छेउमा फेला परेको छ।

बालिकाको शव नग्न अवस्थामा फेला परेकोले बलात्कृत भएको हुनसक्ने प्रहरिले बताएको छ। बिहान ०९:०० बजे राखिको आमाले प्रहरिलाइ खबर गर्नासाथ तत्काल ई.प्र.का.सबैलाबाट खोजतलासमा टोली खटिगएको थियो। 

कानुनी प्रकृया पुरा गरी  पोस्टमेटमको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको  र उक्त घटनाको अनुसन्धानको शिलशिलामा  २ जना पुरूषलाई नियन्त्रनमा लिई थप अनुसन्धान कार्य  भईरहेको धनुषा प्रहरिले बताएको छ।