काठमाडौँ । देशका केही भू-भागमा आजको मौसममा आंशिक बदली रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मौसम बदली रहने जनाएको हो।

महाशाखाका अनुसार तराईका केही भू-भागमा हुस्सु तथा कुहिरो लागेको छ। तराईका भू-भागहरूमा लागेको हुस्सु तथा कुहिरो पश्चिम तराईमा मध्याह्नसम्म क्रमिक रूपमा सुधार हुँदै जाने महाशाखाको भनाइ छ। हुस्सु तथा कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्नसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

OM Sai Pathibhara Hospital

दिउँसो सुदूरपश्चिम प्रदेशसहित पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ।

राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।