काठमाडाैँ । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई हत्या अभियोगमा सफाइ मिलेको छ । महोत्तरी जिल्ला अदालतले सशस्त्र प्रहरीका असई थमन विकको हत्या मुद्दामा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई सफाइ दिएको हो।

न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासले प्रहरीका असई विकको हत्या मुद्दामा एमाले सांसद कोइरीलाई सफाई दिएको एमाले नेता गुरू भट्टराईले जानकारी दिएका छन ।

OM Sai Pathibhara Hospital

अदातले लोसपाका प्रदेश सांसद अभिराम शर्मालाई भने जन्मकैदको सजाय सुनाएको छ । महोत्तरी जिल्ला अदालतकी श्रेस्तेदार नुतन झाले प्रदेश सांसद शर्मालाई जन्मकैद भएको र एमाले सांसद कोइरीले सफाइ पाएको पुष्टि गरिन ।

सपथ खाए पनि संसदमा देखिन नपाएका कोइरी निलम्बित भएका थिए । अब उनी संसद प्रवेश गर्न पाउने भएका छन।