काठमाण्डौ   ।   नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण भएको छ । संकल्प यात्राका क्रममा धनकुटा पुगेका ओलीमाथि मुक्का प्रहार भएकाे हाे ।

फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका एक व्यक्तिले ओलीमाथि आक्रमण गरेका हुन् । उनको आक्रमण लगत्तै एमाले कार्यकर्ताले ती व्यक्तिलाई कुटपिट गरेका थिए।Screenshot_2023_1214_165942

महालक्ष्मी–५, धनकुटाका महेश राईले ओलीमाथि आक्रमणको प्रयास गरेका हुन्। प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।ओलीमाथि भएको आक्रमणको विषयमा प्रहरीले भने औपचारिक रुपमा कुनै जानकारी दिएको छैन ।Screenshot_20231214_165924