काठमाडौँ । अज्ञात समूहले हतियार देखाएर सर्लाहीको हरिपुर्वामा सहकारीका कर्मचारीबाट पाँच लाख लुटपाट गरेको छ। बिहीबार बिहान हरिपुर्वा नगरपालिका-६, हनुमानचोक नजिकैबाट अज्ञात समूहले हतियार देखाएर लुटपाट गरेको हो।

हरिपुर्वा नगरपालिका-५, मा रहेको जयगंगा बचत तथा ऋण सहकारीका कर्मचारीले बोकेको रकम लुटपाट भएको छ । नजिकैको एनआइसी एसिया बैँकबाट पैसा झिकेर कार्यालय जाँदै गर्दा बाटैमा लुटपाट भएको सहकारीको भनाई छ ।

OM Sai Pathibhara Hospital

सहकारीका अनुसार ना १५ प ९८९२ नम्बरको मोटरसाइकलमा सवार सहकारीको बसतपुर शाखाका प्रमुख रामनाथ राय र कर्मचारी निरा रायलाई बाटो घेरेर अज्ञात समूहले साथमा रहेको पाँच लाख रकम लुटेर लगेका छन ।Screenshot_2023_1214_161257