मोरङ   ।   मोरङको उर्लाबारी नगरपालिका-१ स्थितमा ट्रयाक्टर दुर्घटना हुँदा  सह-चालकको मृत्यु भएको छ ।

OM Sai Pathibhara Hospital

बुधबार बिहान उर्लाबारी १ स्थित खेतमा माटो लोड गरी सडक तर्फ आउदै गरेको प्रदेश १-०२-००३ त १०५६ नम्वरको ट्याक्टरबाट सहचालक मिक्लाजुङ गाउँपालिका-९ का ३४ बर्षीय नैन श्रेष्ठ लडी घाईते भएकोमा तत्काल उपचारको लागि मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको हो । 

दुर्घटनामा संलग्न ट्रयाक्टर चालक मिक्लाजुङ-९ का भागिरथ श्रेष्ठलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।