काठमाडौं । आज (बिहीबार) राति नेपालबाट पनि उल्का वर्षाको रमाइलो दृष्य देख्न सकिने छ । आज आकाश खुलेको ठाउबाट नेपालको जुनसुकै ठाउँबाट पनि खाली आँखाले नै उल्का वर्षा देख्न सकिन्छ ।

खगोलविदहरुले यो उल्का वर्षालाई ‘जेमिनिड्स’ नाम दिएका छन् । आकाशमा जेमिनाई अर्थात् मिथुन राशितिरबाट आएको देखिने भएकाले यो उल्का वर्षालाई वैज्ञानिकहरुले ‘जेमिनिड्स’ नाम दिएका हुन् ।

OM Sai Pathibhara Hospital

अमेरिकाको अन्तरिक्ष अन्वेषण निकाय नासाले जेमिनिड्सलाई यस वर्षकै ‘उत्कृष्ट’ उल्का वर्षा भनेको छ ।  यो उल्का वर्षा विभिन्न रंगमा देखिने छ ।