काठमाडौँ । नेकपा एमालेको मध्य पहाडी राजमार्ग केन्द्रित समृद्धिका लागि सङ्कल्प यात्रा आज भोजपुरबाट धनकुटा र तेह्रथुममा पुग्दै छ ।

एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार यात्राको १५औँ दिन भोजपुरबाट धनकुटाको लेगुवा हुँदै पख्रिबास, हिले, सिंधुवा भएर तेह्रथुमको वसन्तपुर पुग्ने र आज वसन्तपुरमा आमसभा हुनेछ । आजको यात्रा ९४ किलोमिटरको हुनेछ। 

OM Sai Pathibhara Hospital

अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको यात्रामा पार्टीका नेताहरू सहभागी छन। यही मङ्सिर १४ गते बैतडीबाट सुरु भएको यात्रा पुस १ गते पाँचथरमा पुगेर सकिँदै छ ।