एजेन्शी  । समाचार एजेन्सी पीटीआईले दिएको जानकारी अनुसार कांग्रेस सांसदका परिवारको स्वामित्वमा रहेको  मदिरा बनाउने कारखानामा ३ अर्ब ५१ करोड नगद भेटिएको छ। आयकर विभागले छापा मारेर उक्त नगद जफत गरेको हो। यो कुनै पनि अनुसन्धान एजेन्सीद्वारा एकल अपरेसनमा बरामद भएको अहिलेसम्मकै उच्च रकम हो।

उक्त रकम झारखण्डका कांग्रेस राज्यसभा सांसद धीरज साहुको परिवारको कम्पनीमा भेटिएको हाे । तर साहुले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

OM Sai Pathibhara Hospital

कर छली तथा अफ-द-बुक लेनदेनको आरोपमा उनको कारखानामा छापा मारिएको थियो। पाँच दिन अघिदेखि सो कारखानामा जाँच सुरु भएको थियो।