काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरी साढे ६ किलो सुनमा इजिप्टका नागरिक समातिएसँगै अन्य दुई विदेशी नागरिक पनि पक्राउ परेका छन्।

विमानस्थल प्रहरीका अनुसार शंका लागेर दुई सुडानी नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। तर उनीहरूको साथमा सुन भने फेला परेको छैन। प्रहरीसँगको सोधपुछमा उनीहरूले सुन ल्याएको स्वकार गरेका छैनन्।दुबईबाट काठमाडौँ ओर्लिएका उनी शनिवार राति पौने १ बजेतिर पक्राउ परेका हुन् ।

OM Sai Pathibhara Hospital

त्रिभुवन विमानस्थल प्रहरीले फ्लाइ दुबईबाट आएका इजिप्टका नागरिक सरिफ मोहम्मद लासिमलाई ६ किलो ५६५ ग्राम सुनसहित पक्राउ गरेको हो। उनी फ्लाई दुवईको एफजेड ५७३ विमान मार्फत काठमाडौं ओर्लिएका थिए। दुई सुडानी नागरिक पनि सोही विमानबाट आएका थिए।

बिहीबार राति पनि यही विमानमा आएका चन्द्र घलेलाई १४ किलो सुन सहित भन्सार कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो।