राजबिराज    ।      ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मलेठ घटनाका शहिद स्व.विरेन्द्र महतोका श्रीमति रंजना देबी महतोलाई एक बोरा चामल र निजका वाल बच्चाहरुलाई ४ दर्जन कपी ,पेन्सिल,कटर,लेजरसहित स्टेशनरी सामग्रीतथा बिस्कुट  आज एक कार्यक्रम बीच  तराई मधेस महिला फाउन्डेशन नेपालकी  अध्यक्ष सुनिता साहले राहत सामग्री वितरण गरेकी गरिन ।

OM Sai Pathibhara Hospital

उक्तकार्यक्रमलाई सम्बोधन गर्दै महिला अधिकारकर्मी समेत रहैकि अध्यक्ष शहले राष्ट्र, राष्ट्रीयता र जनताका लागि जीवन उत्सर्ग गर्नेहरु प्रति राज्यले सहयोग र सम्मान नगरेकोमा दुःख ब्यक्त गरिन l उनले शहीदको सम्मान र उनका परिवाको स्थिति प्रति समाजको सहयोगबाट पनि सेवा गर्नु पर्ने बिचार राखिन l

सो कार्यक्रममा शहीद पत्नि रंजना देवी महतोले समाज सेवामा फाउंडेशनले गर्दै आएको सामाजिक दायित्वमुलक कार्य सराहनीय रहेको बताइन lIMG-20231210-WA0000