मोरङ  ।     मोरङको धनपालथान गाउँपालिका- ४ कर्सिया बजार स्थितबाट आन्तरिक राजस्व विभागको अन्तःशुल्क स्टिकरको दुरुपयोग गर्ने एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो (सनिबार) अपरान्ह साढे ४ बजे सुर्तिजन्य पदार्थ (भोला/गुट्खा) को पाकेटमा प्रयोग गरीने आन्तरिक राजस्व विभागको अन्तःशुल्क स्टिकरको दुरुपयोग भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४८ बर्षीय सुनिल कुमार राजवंशीले संचालन गर्दै आएको केशव किराना पसलबाट Ready made Tobacco लेखिएको अन्तःशुल्क स्टिकर ३ हजार १ सय ४० थान बरामद गरेसगै संचालक राजवंशीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय बिराटनगरमा बुझाइएको छ ।