काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका झण्डै तीन हजार हवलदारहरूको सरुवा गरेको छ।

प्रहरी प्रधान कार्यालयले आइतबार एक सूचना जारी गर्दै विभिन्न ठाउँमा कार्यरत २ हजार ९७८ जना प्रहरी हवलदारको सरुवा गरिएको जनाएको हो ।

OM Sai Pathibhara Hospital

गत शुक्रबार बसेको प्रहरी अतिरिक्त महानिरीक्षकको बैठकको निर्णयानुसार मंसिर महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने सुचनामा उल्लेख छ ।