काठमाण्डौ । दोलखाको तामाकोशी गाउँपालिका–२ झुलेमा गएराति शिकार खेल्न गएका एक युवकको भरुवा बन्दुकको छर्राले लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका २० वर्षीय सञ्जिव सार्की छन् ।

देब्रे छातीमा छर्राले लागेर गम्भीर घाइते भएका सञ्जिवको तामाकोशी सामुदायिक अस्पतालमा प्राथमिक उपचार गरिएको थियो। थप उपचारका लागि राति नै उनलाई चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पताल लगिएको थियो।अस्पताल भर्ना लगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेको दोलखा प्रहरीले जनाएको छ ।सञ्जिवको मृत्यु भएपछि उनीसँगै सिकार गएका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

OM Sai Pathibhara Hospital

पक्राउ पर्नेमा तामाकोशी गाउँपालिका–३ का १६ वर्षीय कृष्ण नेपाली, सोही ठाउँका १८ वर्षीय रचेस मुग्राती, १५ वर्षीय सुमन तोलांगी, २२ वर्षीय माधव पोख्रेल, ४२ वर्षीय सञ्जिव पोख्रेल र तामाकोशी गाउँपालिका–२ झुलेका २५ वर्षीय अविदित कार्की छन्। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।