काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा  आंशिक बदली रही कोशी र गण्डकी प्रदेशको  उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

OM Sai Pathibhara Hospital


राति  गण्डकी, लुम्बिनी र कर्णाली लगायत बाग्मती, सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको  महाशाखाले जनाएको छ।