काठमाण्डौ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार   रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार  मोहम्मद इर्साद र  रुक्सना खातुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

दुर्घटनामा घाइते सोही ठाउकै १७ वर्षीया अप्सना खातुनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।घटनापछि बस चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ।

लुम्बिनी सांस्कृतिक नगरपालिका ४ अमारी गाउँका इरसार मुसलमानले आफ्ना बालबालिका मदरसा छोड्न जाने क्रममा शनिबार भ्रमणमा जाँदै गरेको सो स्कुल बसले ठक्कर दिएको हो ।  ठक्कर दिने बसमा स्थानीयले आगो लगाइदिएका छन्।अहिले सो क्षेत्रमा स्थानीले प्रदर्शन गरेका छन् भने स्थिति तनावग्रस्त भएको छ ।