झापा । झापाको हल्दिबारिमा जंगली हात्तीको आक्रमणबाट वन हेरालुको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका-३ निवासी ४७ वर्षीय धनबहादुर बन रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

मृतक बन रणकाली सामुदायिक वन जलथलका चौकीदार हुन् । शुक्रबार बिहान करिब ९ बजेको समयमा उनी सामुदायिक वनमा रेखदेखको लागि गएका थिए । जलथल जङगलको रैथाने जब्बरे नामक हात्तीसँग उनको जम्काभेट हुदा सोही क्रममा हात्तीले  कुल्चिएर मारेको प्रहरी बताएको छ ।

OM Sai Pathibhara Hospital

उनको शव स्थानीयले देखेपछि तत्काल प्रहरी चौकी जलथललाई खबर गरेका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ ।