काठमाडौँ । वैदेशिक रोजगार विभागले रोजगारीका लागि बेलायत जाने ७१ जना नर्सको नाम छनोट गरेको छ।नेपाल र बेलायत सरकारबिच नेपाली नर्स बेलायत लैजाने सहमति भएअनुसार अन्तर्वार्ता लागि ७१ जना नर्स छनोट भएका हुन् ।

गत साउनमा बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई पदस्थापन गर्ने सम्बन्धी जारी भएको सूचना बमोजिम विभागको अनलाइन पोर्टल मार्फत आवेदन दिएका सात सय ७१ जनाको लिष्टबाट ७१ जना छनोट गरेको विभागले जनाएको छ । छनोट भएकालाई डिसेम्बर ४ तारिकमा अन्तर्वार्ता हुने विभागको भनाइ छ ।

OM Sai Pathibhara Hospital

कम्तीमा दुई वर्षको कार्यानुभव र अङ्ग्रेजी भाषामा दक्खल भएको, कम्तीमा  तीन वर्षको नर्सिङ कोर्स पीसीएल नर्सिङ वा बीएन सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने प्रावधान राखिएको थियो।