OM Sai Pathibhara Hospital

काठमाण्डौ । उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

उदयपुरको नेपालटारबाट गाईघाटतर्फ आउदै गरेको प्रदेश १-०५-००१ ख ००४४ नम्बरको अन्नपुर्ण बोर्डिङ स्कुलको बस अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका ४३ जनालाई उपचारको लागी जिल्ला अस्पताल उदयपुर लगिएकोमा उपचारको क्रममा बस चालक त्रियुगा- ६ का ४० बर्षीय भिखन चौधरी, बिद्यार्थी, ११ बर्षीय बिकाश चौधरी र ७ बर्षीया समिया कुमारी चौधरीको उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनाका घाईतेहरुलाई जिल्ला अस्पताल हुँदै थप उपचारको लागी बिराटनगर पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

यसैगरी बेलका नगरपालिका- ८ स्थित मदन भण्डारी लोकमार्ग सडक खण्डमा शनिवार दिउँसो प्रदेश नं.१-०५००१ प ०८३१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका चालक बेलका- ४ का ३२ बर्षीय हरि शंखर घिमिरेको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।