काठमाडौँ । त्रियुगा नगरपालिका वडा न. ५ देउरिमा रहेको अन्नपुर्ण स्कुलको बिधार्थिहरु बोकेको बस आज उदयपुरगढि ७ जोगिटोल अधेरिमा दुर्घटना हुदा ३ जना मृत्यु भएको र १५ जनाको अवस्था गम्भिर भएको दु:खद खबर आएको छ ।

उदयपुरमा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्।त्रियुगा नगरपालिका– ५ देउरीमा रहेको अन्नपूर्ण सेकेन्डरी स्कुलका विद्यार्थी बोकेको बस शनिबार दुर्घटनामा परेको हो।

OM Sai Pathibhara Hospital

मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका- ७ जोगीटोल अँधेरी खण्डमा प्र १०५००१ ख ००४४ नम्वरको बस दुर्घटना हुँदा चालक भिखन चौधरी, विकाश चौधरी र सम्या चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरिन्नद चौधरीले बताए।