काठमाडौँ ।  दुर्गा प्रसाईले नेतृत्व गरेको  आज तेस्रो दिनको आन्दोलन काठमाडौँको गौशालास्थित सिफल चौरमा गर्ने भएका छन ।

सिफलमा कार्यक्रम गर्ने तयारी गरेपछि सरकारले सुरक्षा पनि कडा पारेको छ । सिफलको घर र कौसीमा प्रहरी परिचालन गरिएको छ भने आसपासको क्षेत्रमा कुकुरसमेत परिचालन गरिएको छ।

OM Sai Pathibhara Hospital

सिफल आसपासको क्षेत्र गौशाला, जयबागेश्वरी, चावाहिल, कालोपुल क्षेत्रमा ठुलो सङ्ख्यामा दङ्गा नियन्त्रक प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी बाक्लो सङ्ख्यामा परिचालन गरिएको हो ।

आन्दोलनका नेतृत्वकर्ता दुर्गा प्रसाईँ ठिमी  नजरबन्दबाट सिफल तर्फ दुर्गा प्रसाईँ निस्किएका छन् भने उनका समर्थकहरू नाराबाजी गर्दै सिफलतर्फ अगादी बडिरहेका छन् ।