काठमाण्डौ  । बर्दियाको गुलरिया-४, तुलापुरको एक घरमा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । हिजो राति करिब १० बजेतिर आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार चारै जनाको शव अहिले निकाल्ने कोसिस भइरहेको छ । एक जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । 

OM Sai Pathibhara Hospital

मृत्यु हुनेमा १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृश चन्द, १० वर्षका मानसिंह बुढा र ३२ वर्षकी राधा बुढा छन् । २८ वर्षकी करिश्मा चन्दलाई भने उपचारका लागि अस्पताल लगिएको छ । टाइल लगाएको घरमा आगलागी के कारणले भएको हो भन्ने कुरा प्रहरीले अनुसन्धान गरिरहेको छ ।