काठमाडौं  ।    दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले आज (शनिबार) काठमाडौंको जय बागेश्वरी पछाडि रहेको सिफल चौरमा कार्यक्रम गर्ने भएको छ।

महाअभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले काठमाडौं जिल्ला सुरक्षा निकायसँग शुक्रबार साँझ भएको छलफलपछि सिफलमा आज बिहान साढे ११ बजेदेखि कार्यक्रम गर्ने सहमति भएको जानकारी दिएका छन। प्रशासनले तीनकुने क्षेत्रमा कार्यक्रम गर्दा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रभाव पर्ने तथा सुरक्षा दिन असहज हुने जनाएपछि सिफल चौरमा कार्यक्रम हुन लागेको हो।

OM Sai Pathibhara Hospital

साथै दुई पक्षबीच आन्दोलन शान्तिपूर्ण तवरले गर्ने सहमति पनि भएकाे सहप्रवक्ता माण्डव्यले बताए । छलफलमा काठमाडौं जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाका उच्च अधिकारीकाे सहभागिता थियाे। प्रसाईंकाे अभियानले बिहीबारबाट काठमाडौं उपत्यकामा प्रदर्शन थालनी गरेकाे हाे। पहिलाे दिन बल्खुमा आयाेजना गरिएकाे कार्यक्रम निकै तनावपूर्ण भएकाे थियाे।Screenshot_2023_1123_164718 3