काठमाण्डौ  ।   मकवानपुरको मनहरीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवन राप्ति नगरपालिका वडा नं.१ दुबिचौरका ४३ बर्षीय हरी पौडेलको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

मनहरी गाउँपालिका वडा नं.६ खयरघारी (राप्ती र लोथर खोलाको मध्यवर्ति क्षेत्र) अन्तरर्गत दोभानमा खर काट्न आएका पौडेललाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । पौडेलको घटनास्थलमै मृत्यु भएको थियो ।