काठमाडौं । राजावादी अभियान्ता तथा मेडिकल ब्यवसायी दुर्गा प्रसाईंको आन्द्योलनमा सहभागी हुन आएका करिव २ सय २० जना आज राजधानीका विभिन्न स्थानबाट पक्राउ परेका थिए । प्रहरीले त्यसमध्ये २ सय जनालाई साँझ रिहा गरिदिएको बताएको छ । अझै २० जना भने प्रहरी हिरासतमै छन् ।

उनीहरुले बल्खु क्षेत्रमा बिहिबारको आन्दोलनमा ढुंगामुढा गरेकोले अनुसन्धान जारी रहेकोले रिहा नगरिएको प्रहरीको भनाई छ । अन्य २ सय जनालाई भने रिहा गरिएको प्रहरीले बताएको छ ।

OM Sai Pathibhara Hospital

प्रशासनसँग अनुमति नलिई विरोधका कार्यक्रम गर्न लागेको भन्दै काठमाडौँको तीनकुने लगायत विभिन्न स्थानबाट प्रहरीले करिव २ सय २० जनालाई पक्राउ गरेको थियो।

करिब २ सय जना जति रिहा भईसकेका छन् । २० जना भने हिरासतमै छन्, उनीहरुमाथी अनुसन्धान भईरहेको छ, नेपाल प्रहरीका काठमाडौं परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए।