काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरलाई सुरक्षाकर्मीले घेरा हालेर राखेका छन्। प्रसाईं घर भक्तपुर पुगेर प्रहरीले वरपरबाट ठूलो संख्यामा घेरा हालेको छ। प्रसाइलाइ बाहिर जान रोक लगाएको छ।

आज शुक्रबार पनि प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्ने बताएपछि उनलाई घरबाटसमेत निस्कन नदिई आफ्नै घरमा नजरबन्द गराउने उदेश्यसहित प्रहरीले घेरा हालेको बताइएको छ। आज तीनकुनेलाई केन्द्र बनाएर प्रसाईं समर्थकले आन्दोलनलाई जारी राख्ने बताएका छन्। दुर्गा प्रसाईँको ‘राष्ट्र बचाउ महाअभियान’का समर्थकहरु पक्राउ परेका छन्। काठमाडौंका विभिन्न स्थानबाट उनीहरु पक्राउ परेका हुन् ।

OM Sai Pathibhara Hospital

पक्राउको कारण प्रहरीले खुलाएको छैन । प्रहरीले समर्थक पक्राउको यकिन तथ्याङ्क बताएको छैन । स्रोतका अनुसार ४ जना पक्राउ परेका छन् । आफ्ना समर्थकहरू पक्राउ परेपछि प्रसाईँले  पत्रकार सम्मेलन गर्दैछन् । बिहीबार बल्खुमा भएको कार्यक्रममा प्रसाईँका कार्यकर्ताहरूले निषेधित क्षेत्र तोड्न खोजेका थिए। 

दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र बचाउ महाअभियान’ले शुक्रबार तिनकुनेमा  प्रदर्शन गर्ने तयारी पनि गरेको छ । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमती नभएको जनाएको छ।  

प्रसाइले भने "मैले जनताका लागि बोल्दा हाउस एरेस्ट गरियो तर सामना गर्छु"।

दुर्गा प्रसाईंले आफूलाई घरमै नजर बन्द गरिएको भन्दै कडा आक्रोश व्यक्त गरेका छन् । सुरक्षाकर्मी परिचालन गरी घरबाहिर निस्कन नदिएपछि प्रसाईंले पत्रकार सम्मेलन गरी आपत्ति जनाएका हुन् । प्रसाईँले आफूलाई जहाँ लगेर थुने पनि सामना गर्ने र आफू नागरिक बचाउन आएकोले नभाग्ने प्रष्ट पारेका छन। 

‘मैले जनताका लागि बोल्दा हाउस एरेस्ट हुनुपर्ने ?’ उनले प्रश्न गरे, ‘हामीले गणतन्त्र यसैका लागि ल्याएको हो ? ’
आफूलाई पक्राउ गरेर यो अभियान नरोकिने उनको भनाइ छ । ‘म क्यान्सर सर्भाइभर हुँ । कति बाँच्छु मलाई नै थाहा छैन । प्रचण्डसँग धेरै लामो संगत गरेको हुँ । हिजो जंगलबाट झिकेर सत्तामा पुर्याउने एउटा भर्याङ म पनि हुँ । ' उनले भने, हिजो जनतालाई गरेको बाचा पूरा भयो कि भएन ? आज उहाँलाई सत्तामा पुर्याउने र राजसंस्था फ्याक्ने आज राजा भएको देशमा काम गर्दैछन् । उहाँहरुका ५० हजार घाइतेमध्ये मैले २० जनाको त गोली निकालेको छु । १७ हजार मरेका छन् । उनीहरुले के पाए ? ’

उनले प्रधानमन्त्री प्रचण्डमाथि पनि निशाना साँधे । ‘हिजो उहाँलाई सहयोग गरुञ्जेल छोरो भन्नुहून्थ्यो । आज गरिबदुखीहरुको आवाज उठाउँदा मलाई एरेस्ट गरिन्छ भने हिजो सैनिक हिरासतको कठोर यातना भोगेको हुँ । पुलिसको यातना भोग्न पनि तयार छु ।’ प्रसाईंले थपे ।

यो व्यवस्था परिवर्तन नहुञ्जेल काठमाडौंका पसलहरु बन्द गर्न उनले आह्वान गरे । ‘स्कुलहरु चलुन्, एम्बुलेन्सहरु चलुन्, पसलहरु बन्द गरिदिनुस,’ प्रसाईंले भने, जनतालाइ आन्दोलनमा सहभागिहुन देश बचाउनका लागि सबै एकजुट हुनुपर्छ।’ प्रसाइले प्रतिक्रिया दिँदै भने– ‘सत्य कुरा बाहिर ल्यायो, अब हामी सकिन्छौं भनेर मलाई नजरबन्द गरियो।’ आफू नजरबन्दमा परे पनि आफ्नो विचार र नेताको असली अनुहार जनतालाई बताइसकेकाले केही फरक नपर्ने बताए। 

आफ्नो आन्दोलनलाई राजवादी आन्दोलन भनेर भाँड्न खोजेको उनको आरोप छ । आफ्नो आन्दोलन नागरिकका लागि भएको बताएका छन ।