काठमाडौं  ।   दुर्गा प्रसाईँको ‘राष्ट्र बचाउ महाअभियान’का समर्थकहरु पक्राउ परेका छन् । काठमाडौंका विभिन्न स्थानबाट उनीहरु पक्राउ परेका हुन् ।

पक्राउको कारण प्रहरीले खुलाएको छैन । प्रहरीले समर्थक पक्राउको यकिन तथ्याङ्क बताएको छैन । स्रोतका अनुसार ४ जना पक्राउ परेका छन् । आफ्ना समर्थकहरू पक्राउ परेपछि प्रसाईँले  पत्रकार सम्मेलन गर्दैछन् ।

OM Sai Pathibhara Hospital

बिहीबार बल्खुमा भएको कार्यक्रममा प्रसाईँका कार्यकर्ताहरूले निषेधित क्षेत्र तोड्न खोजेका थिए । 

दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र बचाउ महाअभियान’ले शुक्रबार तिनकुनेमा  प्रदर्शन गर्ने तयारी पनि गरेको छ । आज(शुक्रबार) बिहान ११ बजेबाट तीनकुनेमा प्रदर्शन गर्ने तयारी प्रसाईँ समूहको छ । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमती नभएको जनाएको छ ।