काठमाडौँ । बल्खुमा युवा संघ र दुर्गा प्रसाई समर्थकबीच झडप भएको छ ।

प्रहरीले माइकिङ गरेर आआफ्ना कार्यक्रम स्थलमा जान भनिरहेको छ । तपाईहरुको कार्यक्रम बल्खुमा हो भने जानुहोला, तीनकुने हो भने तीन कुनेमा जानुहोला चोकमा नबस्नुहोला । कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो ।

OM Sai Pathibhara Hospital

जिल्ला प्रशासन कार्यालय काठमाडौंले युवा संघलाई काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्न भनेको छ  तर, करिब ३० जना युवा संघका कार्यकर्ता बाइक र्‍याली गर्दै बल्खुमा पुगेपछि झडपको अवस्था आएको हो।

युवा संघका कार्यकर्ताले सडकमा आउजाउ गरिरहेका जनतामाथि पनि हातपात गरेका छन्।  बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ। बल्खुमा विभिन्न ठाउँबाट जुलुससहित प्रदर्शनकारी आइरहेका छन्।

प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाऊ अभियान’को र्‍यालीमा गणतन्त्र र संघीयताविरोधी चर्का नारा लागेको छ। र्‍यालीमा सहभागीले ‘गणतन्त्र खारेज गर, नारायणहिटी खाली गर’जस्ता लारा लगाएका छन्।उनीहरूले हिन्दू राष्ट्र कायम गर भन्नेजस्ता नारा पनि लगाएका छन्।

काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंका प्रदर्शनकारीबिच झडप हुदा स्थिती नियन्त्रणमा लिन प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ ।FB_IMG_1700730702372

FB_IMG_1700730699661

FB_IMG_1700730696269

जिल्ला प्रशासन कार्यालय काठमाडौंले युवासंघलाई तिनकुने र प्रसाईं समूहलाई बल्खु क्षेत्र तोकेको छ ।  

Screenshot_2023_1123_122228

FB_IMG_1700721994321

FB_IMG_1700730896164