काठमाडौँ  ।  मङ्सिर ७ गते दुर्गा प्रसाईं र युवा सङ्घले आयोजना गरेको प्रदर्शनबारे गृह मन्त्रालयमा छलफल भएको छ । उपत्यका केन्द्रित प्रदर्शनलाई लिएर मन्त्रालयमा शान्ति सुरक्षाबारे छलफल भएको हो ।

गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको नेतृत्वमा भएको छलफलमा उपत्यकामा कार्यरत प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख सहभागी छन् ।

OM Sai Pathibhara Hospital

युवा सङ्घ र मेडिकल व्यवसायी प्रसाईँ समूहले माइतीघर मण्डलामा एकै दिन प्रदर्शन गर्ने घोषणा गरेसँगै सो क्षेत्रमा झडप हुनसक्ने आँकलन गरिएको छ।

मेडिकल कलेज बनाएर विद्यार्थीबाट आउने शुल्कले तिर्ने योजनामा ऋण लिएका प्रसाईँ सरकारले कलेज चलाउनै नदिएपछि ऋण तिर्ने वातावरण नै नभएको बताउदै आएका छन् । देशको सबै बैङ्किङ प्रणाली केही व्यक्तिको हातमा पुगेको र उनीहरूका कारण सर्वसाधारणले आर्थिक मार खेपिरहेको भन्ने उनको दाबी केही हदसम्म सत्य देखिन्छ।  

अहिले प्रसाईँको आन्दोलन ब्यावस्था फाल्न तिर बढेको देखिन्छ। दुर्गा प्रसाईँको आन्दोलनले व्यवस्थालाई कत्ति असर गर्छ त्यो आगामी दिनमा देखिँदै जाला तर प्रसाईँको चर्चा भने निरन्तर बढिरहेको छ । अहिले बैंक र सहकारीको किस्ताले उठिबास भएकाहरू प्रसाईँको सम्पर्कमा पुग्न थालेका छन् ।    प्रसाईँ बैंक तथा वित्तिय संस्थाको ज्यादतिबाट आजित भएकाहरूलाई सङ्गठित बनाएर हिँडेका छन् । यसले उनको लोकप्रियता त बढ्छ नै, उनले बोकेको व्यवस्था विरोध मुद्दालाई पनि बल पुर्याउँछ । 

ओली आगामी निर्वाचनमा प्रसाईँले कुनै पार्टीबाट वा स्वतन्त्र उठेपछि चुनाव प्रभावित पार्न सक्छन् भन्नेमा छन। महेश बस्नेत पनि कुनै नागरिकका लागि वा देश भ्रष्टाचारले डुबायो भनेर माइतीघरमा कार्यक्रम गर्न जान लागेका भन्दा पनि उनको दल नेकपा एमाले, पुराना दल कांग्रेस, माओवादी सहितका दल र तिनका नेताहरूको राजनीतिक भविष्य माथि नै खतराका सङ्केतहरू देखिन थालेपछि आक्रामक भएर गाली गरेर वा मुठभेड गरेरै भएपनी प्रसाइको कार्यक्रम ओझेलमा पार्नु मुख्य उदेस्यका साथ माइतीघर मन्डलामा कार्यक्रम आयोजना गरेको हुन। 

एकै  दिन एकै ठाउँमा दुई समूहले उस्तै कार्यक्रम गर्न खोजेपछि उपत्यकामा सुरक्षा चुनौति थपिएको छ। बस्नेत र प्रसाईँका पछिल्ला गतिविधिका कारणले मंसिर ७ गते मुठभेट हुन सक्ने उक्त मुठभेटमा  सर्वसाधारण पर्न सक्ने भन्दै सुरक्षा निकाय चनाखो बनेका छन् ।