काठमाण्डौ    ।    नुवाकोटको शिवपुरीमा टाटा सुमो भीरबाट खस्यो, ६ जना घाइते भएका छन। नुवाकोटको शिवपुरी गाउँपालिका-६ मा टाटा सुमो भीरबाट खस्दा ६ जना घाइते हुन् ।

आइतबार काठमाडौंबाट नुवाकोटको छहरे हुँदै देप्चेश्वरका लागि छुटेको ना १ ज ६३३१ नम्बरको सुमो बिहान साढे ९ बजेतिर गुर्जेमा  अनियन्त्रित भई सडकबाट झण्डै ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले बताएको छ ।

OM Sai Pathibhara Hospital

सुमोमा चालकसहित १२ जना सवारमध्ये जना घाइते भएको छ । उनीहरुको काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत छन् । घाइते र अन्य यात्रुको समेत पहिचान खुलेको छैन । घटनास्थल गुर्जेभन्ज्याङदेखि करिब १ किलोमिटर दुरीमा रहेको छ ।