‍‌‌काठमाण्डौ   ।   सोलुखुम्बु जिल्ला सोताङ गा.पा.-०५ घर भई भरिया काम गर्ने बर्ष १९ को दिपेश राई मिति २०८०।०७।२६ गते देखि खुम्बु पसाङल्हामु-०५ नाम्चे तोपडाँडाबाट सम्पर्क बिहिन भएको थिए। FB_IMG_1700311802506

OM Sai Pathibhara Hospital

खोजतलासको क्रममा निजलाई इलाका प्रहरी कार्यालय नाम्चे र नेपाली सेनाको रणशुर गुल्म नाम्चेबाट खटिएको संयूक्त टोलिले खुम्बु पसाङल्हामु गा.पा.०५ जोरपाल देखि माथि जंगलको भिरमा ३,५०० फिट तल फेला पारी उद्धार गरेको छ। उपचारको लागि अस्पताल लगिएको नाम्चे इलाका प्रहरी कार्यालयले जनाएको छ।