काठमाण्डौ   ।    शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि त्यहाँ पराकम्प जाने क्रम रोकिएको छैन । बिहीबार बिहान पनि जाजरकोट र आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार बिहीबार बिहान ३ बजेर ६ मिनेट जाँदा ४.२ म्याग्निच्युडको परकम्प मापन गरिएको हो ।

OM Sai Pathibhara Hospital

गत शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्प पछि पनि यहाँ निरन्तर भूकम्प गइरहेको छ । शुक्रबार गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा गरी एक ५३ जनाले ज्यान गुमाएका छन् भने  सयौँ घाइते भएका छन् । त्यस्तै भूकम्पबाट हजारौँ घरमा क्षति पुगेको छ ।