काठमाण्डौ  ।    सप्तरी प्रहरीले राइफलको गोलीसहित दुई युवकलाई बुधबार नियन्त्रणमा लिएको छ ।

OM Sai Pathibhara Hospital

हुलाकी सडकअन्तर्गत सप्तरीको खड्ग नगरपालिका-११ बाट पाँच राउन्ड राइफलको गोलीसहित सिरहाको लक्ष्मीपुर पतारी-२ का १९ वर्षीय धर्मजितकुमार यादवलाई नियन्त्रणमा लिएको सप्तरी प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएका यादवसँग रहेका सप्तरीको खडग नगरपालिका-११ का १८ वर्षीय हरिशंकरकुमार यादवलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।पक्राउ परेका दुवै जनालाई हातहतियार खरखजाना मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।