काठमाडौँ । विदेशमा पढ्न जानेहरुका लागि किर्ते कागजात बनाउने धन्दामा कल्सलटेन्सी सञ्चालकको संलग्नता देखिएको छ ।

प्रहरीले चार जना कन्सलटेन्सी सञ्चालकलाई पक्राउ गरेको छ ।एसिई कन्सल्टेन्सी संचालक अनिष अमात्य, प्रगती विद्याश्रम कन्सल्टेन्सीका संचालक गोपाल रिजाल, निप्पोन कन्सल्टेन्सीका संचालक पशुपति मैनाली र एस. टु अबरोड कन्सल्टेन्सीका संचालक सागर चापागाईं पक्राउ परेका हुन् ।

OM Sai Pathibhara Hospital

विदेश जानेहरुको कागजात उनीहरुले कीर्ते बनाउँदै आएका थिए । सल्यान घर भएका बलबहादुर राउतले कागजपत्र बनाउने गरेका थिए ।राउत पनि पक्राउ परिसकेका छन् । यसमा प्रहरी जवान जीवलाल तामाङ समेत पक्राउ परेका छन् ।