काठमाडौं   ।   जाजरकोटमा सोमबार अपराह्न पुनः भूकम्पको धक्का मापन गरिएको छ ।

जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएको ५.८ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

OM Sai Pathibhara Hospital

गएको शुक्रबार राति ११:४७ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । आजको धक्का सोही भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।