एजेन्शी   ।  इथियोपियाको सोमाली राज्यमा मुसलधारे वर्षाका कारण अचानक आएको बाढीमा परी २० भन्दा बढीको मृत्यु भएको र १२ हजारभन्दा बढी मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् ।

वर्षाले पुल र सडकहरू क्षतिग्रस्त हुँदा प्रभावितहरूलाई घर पुग्न समस्या भएको तथा बाली, वस्तुभाउ र सम्पत्तिमा पनि क्षति पुगेको सोमाली क्षेत्रीय राज्य सञ्चार ब्युरोले उल्लेख गरेको छ ।

OM Sai Pathibhara Hospital

पूर्वी अफ्रिकामा अल निनोका कारण अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा सामान्यभन्दा अधिक वर्षा हुने सम्भावना रहेको संयुक्त राष्ट्रसङ्घको मानवीय एजेन्सी ओसिएचएले गत महिना बताएको थियो ।