काठमाण्डौ  ।   अधिक भार बोक्ने १२ वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तोकिएको मात्राभन्दा बढी लोड गरेर ल्याइएको १२ वटा टिपरलाई बुधबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

सवारी जाँच गर्ने क्रममा तोकिएको मात्राभन्दा बढी सामान लोड गरेर ल्याइएको ८० वटा टिपरबाट सामान कटिङ गरिनुको साथै कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार, पाँचखालमा मंगलबार राति प्रहरीले सवारी जाँच गर्दैगर्दा प्रहरीलाई छली भागेका १२ वटा टिपरलाई धुलिखेलबाट नियन्त्रणमा लिइएको हो ।

OM Sai Pathibhara Hospital

नियन्त्रणमा लिइएको टिपरबाट सामान कटिङ गरिनुको साथै ट्राफिक नियमअनुसार कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।