चपुर । सर्लाहीको कबिलासी नगरपालिका–९ भलुवाहाबाट २ सय ५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।


OM Sai Pathibhara Hospital

सनिबार ९ बजे कविलासी नगरपालिका–९, सलेमपुरबाट भलुवाहा हुँदै गम्हरिया ल्याउँदै गरेको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको छ । ज १ त ५५५१ नम्बरको ट्याक्टरमा लोड गरी गाँजा ल्याउँदै गरेको अवस्थामा झिम नदी किनारबाट कविलासी नगरपालिका–१० का २८ वर्षीय ट्याक्टर चालक भाग्य नारायण महतो र सोही स्थानका २४ वर्षीय रवि भनेर चिनिने रवीन्द्र राय रहेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण धितालले जानकारी दिए ।


प्रहरीले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्तिहरू सार्वजनिक गरेको हो । बरामद गरिएका गाँजाको अन्दाजी मूल्य ३० लाख रहेको उनले बताए ।