काठमाण्डौ  ।   पोखराको छोरेपाटनबाट विश्व शान्ति स्तूप जाँदै गरेको बस दुर्घटना हुँदा बसमा सवार ३५ जना घाइते भएका छन् । ग१ख ८५८५ नम्बरको बस घैयाखेत भन्ने ठाउँमा पुगेपछि बाटोबाट तल खसेको थियो । 

वडा प्रहरी कार्यालय बैदामका प्रमुख एवं प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ । घाइते सबैलाई अस्पताल लगिसकिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले बताए । उनका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको छ ।