काठमाडौँ । भारती मानन्धरले दशैँ सकिएसँगै पुनः रिले अनसन सुरु गरेकी छन्। श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगन्जकी मानन्धरले पुनः रिले अनसन सुरु गरेकी हुन्।

श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि परिवारले विरोध गर्दै आएका छन्।

OM Sai Pathibhara Hospital

भारतीले आजबाट पुनः माइतीघर मण्डलामा रिले अनसन सुरु गरेकी हुन्। २०७२ सालको असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो।