काठमाडौं    ।    इजरायल र हमासबीच २२  दिनदेखि जारी युद्ध रोक्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभाबाट पारित भएको छ । महासभाबाट शत्रुताको अन्त्य गर्न तत्काल दिगो मानवीय युद्धविरामको आह्वान गरिएको छ ।

यो प्रस्तावको पक्षमा नेपाल सहित १२० मत परेको थियो भने विपक्षमा १४ देशले मतदान गरे । भारतसहित ४५ देशले मतदान गरेनन् । इजरायलले प्रस्तावको विपक्षमा मतदान गर्‍यो । 

OM Sai Pathibhara Hospital

न्यूयोर्कमा भएको संयुक्त राष्ट्रसंघको बैठकमा इजरायलका राजदूत गिलाड एर्डनले हमासलाई यस्तो अत्याचार गर्न दिएर आफू चुप लागेर नबस्ने बताए । इजरायली सेनाले शुक्रबार राति गाजामा हवाई आक्रमणलाई तीव्र पारेको छ । स्थलगत परिचालन पनि बढाइएको छ ।

आक्रमणका कारण गाजा क्षेत्रमा सञ्चार अवरुद्ध भएको छ भने इन्टरनेट पनि बन्द गरिएको छ । यसबाट करिब २३ लाख मानिस प्रभावित भएका छन् ।  इजरायली मिडिया क्यानले हमासको बन्दीमा २ सयभन्दा बढी बन्धक रहेको जनाएको छ । जसमध्ये ३० जना बालबालिका छन् ।