काठमाडौं    ।     हमसाले थप दुई बन्धकलाई रिहा गरेको छ। रिहा गरिएका दुवै बन्धक इजरायली हुन्। यसअघि हमासले बन्धक बनाएका दुई अमेरिकी नागरिकलाई रिहा गरेको थियो।

मंगलबार रिहा भएकी दुई वृद्धा महिला बन्धकहरूमा ७९ वर्षीया नुरित कुपर र ८५ वर्षीया योचेवेद लिफशिट्ज रहेकी छन्। दुवै जनालाई उपचारका लागि तेलअविव ल्याइएको छ। दुवै महिलालाई मानवीय र स्वास्थ्यका कारण रिहा गरिएको हमसाले बताएको छ।

OM Sai Pathibhara Hospital

इजरायलले बन्धहरूको रिहाइका लागि मध्यस्थता गरेकोमा मिस्रलाई धन्यवाद दिएको छ। साथै दुवै महिलालाई फिर्ता ल्याउनमा भूमिका खेलेको रेडक्रसलाई पनि उसले धन्यादव भनेको छ।

इजरायली अधिकारीहरूका अनुसार नुरितका पति ८५ वर्षीय अमीरम र लिफशिट्जका ८३ वर्षीय पति ओडेडा अझै पनि हमासको नियन्त्रणमा रहेका छन्।

अहिलेसम्म हमासले चार जना बन्धकलाई रिहा गरेको छ। हमासले दुई सयभन्दा बढी मानिसलाई बन्धक बनाएको इजरायलले दाबी गरेको छ।