काठमाण्डौ   ।    मकवानपुरको इन्द्रसरोबरमा आज बिहान भएकाे टाटा सुमो दुर्घटनामा १३ जना तिर्थयात्री घाइते भएका छन्। जिप चालक बाहेक घाइते सबै भारतीय नागरिक हुन्।

इन्द्रसरोबर गाउँपालिकाको वडा नम्बर ५ मकैबारीमा आज विहान ३:३५ बजेको समयमा वीरगंजबाट काठमाडौंतर्फ जादैँ गरेको मधेश प्रदेश ०३–०० १ ज ०२८३ नम्बरको सुमो आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

OM Sai Pathibhara Hospital

मकवानपुरको कुलेखानी मातातिर्थ हुँदै वीरगंजबाट काठमाडौंतर्फ जादैँ गरेको उक्त सुमाे  सडकबाट २० मिटर तल खोल्सामा खस्दा सुमोमा सवार १३ जना घाइते भएका हुन्।

उनीहरुलाई उद्धार गरी उपचारको लागी काठमाडौं पठाइएको मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। घाइते हुनेमा सुमो चालक बारा जिल्लाको कलैया नगरपालिका वडा नम्बर-२१ का २५ वर्षीय अनिल कुमार शाह रहेका छन्।

यस्तै घाइते हुनेमा भारतको जानकी चापा छत्तिसगढकी २५ वर्षीया रचना कुमारी सूर्यवंशी, सोही स्थानकी ३५ बर्षकी गंगा देवि सूर्यवंशी, ३० बर्षकी मधु सूर्यवंशी, ३७ बर्षको ईन्द्र सेन, ३१ बर्षकी रितु सूर्यवंशी, २९ बर्षकि सरोजनी देवी, ११ बर्षकी प्रतिभा सूर्यवंशी, २ बर्षकी दिब्या सूर्यवंशी, ४ बर्षको प्रतिक सुर्यबशी, ३१ बर्षको बिजय कुमार सूर्यवंशी, ३५ बर्षको अजय कुमार सूर्यवंशी र हाल नाम थर नखुलेको ६० वर्षीया महिला रहेको प्रहरीले जनाएको छ।