काठमाण्डौ   ।   पाल्पाको रानीमहल नजिकै भएको जिप दुर्घटनामा परी ज्यान गुमाउने ६ जना सबै एकै परिवारका भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेहरूमा तीन महिला, एक पुरूष र दुई बालक गरी ६ जना छन्।

मृत्यु हुनेमा पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १६ रजहरका ६५ वर्षीय कृष्ण बहादुर लोहनी, उनकी श्रीमती ५५ वर्षीया पार्वती लोहनी, बुहारी ३५ वर्षीया सविना धिताल, नातिहरू ११ वर्षीय सोबिस धिताल र अर्का साढे दुई वर्षका छन्।

OM Sai Pathibhara Hospital

दुर्घटनामा परी कृष्णबहादुरका आफन्त ५५ वर्षीया चुना धितालको पनि मृत्यु भएको छ। कृष्णबहादुरका छोरा ३६ वर्षीय ईश्वरबहादुर लोहनी गम्भीर घाइते भएका छन्।

देवचुली नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष केशवराज गौतमका अनुसार उनीहरू शनिबार रानीमहल घुम्न भन्दै घरबाट गएका थिए।