मोरङ   ।    मोरङको धनपालथान गाउँपालिकाबाट  सशस्त्र प्रहरीको गस्ती टोलीले पेस्तोलसहित रबिन्द्रलाइ शुक्रबार राति पक्राउ गरेको हो ।

पक्राउ पर्ने सर्लाहीको हरिपुर्वा गाउँपालिका–७ का २७ वर्षीय रविन्द्रकुमार यादव हुन।

OM Sai Pathibhara Hospital

इलाका प्रहरी कार्यालय रङ्गेलीका अनुसार धनपालथान गाउँपालिका २ मा रोकिराखेको स्कारपियो गाडीभित्र कपडाले बेरेको अवस्थामा गोलीसहित पेस्तोल पेला परेको थियो ।

बीआर ०६ पिए १३६३ नम्बर भारतीय स्कारपियो गाडी र पेस्तोलसहित यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।